मंगलवार, आश्विन २८,२०८२ 12:34:04
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 12:34:05
IME remit
Global IME Bank Limited

लगातार ४ साता खस्यो नेप्से, कस्तो रहला आगामी साता ?(प्राविधिक विश्लेषणसहित)

Hyundai Nepal
लगातार ४ साता खस्यो नेप्से, कस्तो रहला आगामी साता ?(प्राविधिक विश्लेषणसहित)
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । अघिल्लो साता ४ दिन सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ७८८.३६ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७५८ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता ३०.३९ अंकले बजार घट्यो ।  

अघिल्लो साता पनि बजार ६२ अंकले घटेको थियो । यो साता बजारमा २९ अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर कारोबार भयो । अघिल्लो साता भने ३० अर्ब ७५ करोडको सेयर कारोबार भएको थियो । यस हिसाबले यो साता पनि बजारमा कारोबार र सूचक दुवैमा गिरावट आयो । यो साता बजार घट्दा बजार पूँजीकरण ४६ खर्ब ८ अर्ब रहेको छ । अघिल्लो साता भने बजार पूाजीकरण ४६ खर्ब ५६ अर्ब रहेको थियो ।  यस हिसाबले यो साता बजार घट्दा लगानीकर्ताहरुको सम्पति ४८ अर्बले घट्यो ।  

प्राविधिक पक्षः  

प्राइस एक्सनबाट नियाल्दा  

यो साताको बजारलाई इन्ट्रा डे बेसमा प्राइस एक्सनबाट नियाल्दा लोवर लो र लोवर हाईकै अबस्थामा देखिन्छ । अर्थात ३ हजारको विन्दुबाट खसेको बजारले २९ सय २९ को विन्दुमा ‘क्यारेक्टर चेञ्ज’ गरेर बियरिस यात्रा लिएको देखिन्छ । त्यसपछि बजारले हालसम्म पनि सोहि ट्रेन्डलाई नै निरन्तरता दिएको देखिन्छ ।

अघिल्लो साताहरुको तुलनामा यो साता बजार घट्ने क्रम कम भएको छ । अर्थात बजारमा वियरिस क्याण्डल छोटा–छोटा हुँदै गएको देखिन्छ । कारोबार तथा भोल्युम निकै ड्राई बन्दै गरेको अबस्था रहेको छ । यस हिसावले अगामी दिनमा बजार घट्ने क्रम रोकिएर सम्हालिन सक्ने सम्भावना रहन्छ । तर प्राविधिक रुपमा हालसम्म बजार सम्हालियो भन्ने आधार भने बनिसकेको छैन । 

Shivam Cement
Bizshala
CG Motors

इचिमोकूको आधारमा  

यस आधारमा पनि बजार बियरिस यात्रामा नै रहेको देखिन्छ । वेस लाइनलाई कन्भर्जन लाइनले माथीबाट काटेको देखिन्छ । यद्यपी क्लाउड पोजिस भन्दा माथि नै बजार चलेको देखिन्छ । यस हिसावले इविमोकूबाट नियाल्दा बजारको हालको करेक्सनलाई अल्पकालिन भन्न सकिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २९३९

प्रतिरोध २ – २९०७

प्रतिरोध १–  २८४७

पिभट् प्वइन्टः २८१५

घटेमा सपोर्ट

सपोर्ट १– २७५०

सपोर्ट २– २७५६

सपोर्ट  ३ –२६६५

निष्कर्षः यो सातासहित नेप्सेमा लगातार ४ साता गिरावट आएको छ । बजार घट्दै जाँदा कारोबार पनि घट्दै गरेको देखिन्छ । अघिल्लो साता ४ कारोबारमा ३० अर्ब ७५ करोडको कारोबार भएकोमा यो साताको ५ कारोबारमा जम्मा २९ अर्ब ७७ करोडबराबरको सेयर कारोबार भएको छ ।  

अर्थात यो साता अघिल्लो साताको तुलनामा कारोबार र सूचक दुबै खुम्चियो । साप्ताहिक रुपमा क्याण्डल स्टिकबाट नियाल्दा छोटा–छोटा क्याण्डल बन्दै गरेको देखिन्छ । यसले बजारमा बिस्तारै बटम लाग्दै गरेको मान्न सकिन्छ ।  

यो साताको बजारलाई विभिन्न माध्यमबाट नियाल्दा बजार करिब सपोर्ट जोन नजिक नै चलेको देखिन्छ । फिवोनासी मार्फत नियाल्दा ०.६१ प्रतिशतको सपोर्ट नजिक रहेको छ । मूभिङ एभरेजबाट नियाल्दा बजार यो साता ५० दिने मूभिङ एभरेजबाट तल खसेको देखिन्छ । मोमेन्टम इन्डिकेटर मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजार करिब ओभर सोल्ड जोन नजिक आएको छ । यस हिसाबले हेर्दा यो सातासहित लगातार ४ साता खसेको बजारले बिस्तारै सम्हालिने प्रयास गर्दै गरेको मान्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.