शुक्रबार, भाद्र ६,२०८२ 07:11:47
  • शुक्रबार, भाद्र ६,२०८२ 07:11:47
Global IME Bank Limited

भारतले नेपालबाट थप ८० मेगावाट विद्युत खरिद गर्ने

Hyundai Nepal
भारतले नेपालबाट थप ८० मेगावाट विद्युत खरिद गर्ने
Shivam Cement

काठमाण्डौ । भारत सरकारले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारुतले ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली खरिद गर्न स्वीकृती दिएको हो ।  

यसअघि पनि गत साउन २६ गते भारतले नेपालबाट थप २ सय मेगावाट विद्युत खरिद गर्ने अनुमति दिएको थियो ।  भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई मध्यकालीन सम्झौताअनुसार नेपालबाट थप विद्युत खरिद गर्न स्वीकृति प्रदान गरेको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसअघि पनि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत आयात गर्न अनुमति दिएको थियो । थप ८० मेटावाट विद्युत आयात गर्न स्वीकृती दिएसँगै अब  नेपालबाट भारतमा १०९१ मेगावाट विद्युत निर्यात हुनेछ ।

वर्षायाममा नेपालले बिजुली बिक्री गर्दै आएको छ भने सुख्खायाममा भारतसँगै किन्दै आएको छ । नेपालले आर्थिक वर्ष २०८१÷८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको विद्युत भारत निर्यात गरेको थियो भने २ अर्ब ९२ करोड ३१ लाख रुपैयाँको बिजुली आयात गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X