बाढीले विद्युत् प्रणाली कमजोर बनाउँदा हिउँदको भर भारतमै, १ हजार १५४ मेगावाट आयातको तयारी
काठमाण्डौ । बर्खामा खपतभन्दा बढी बिजुली उत्पादन गरेर भारत र बंगलादेशमा बेचिरहेको नेपाल विद्युत् प्राधिकरणले आगामी सुख्खायाममा लोडसेडिङ रोक्न भारतबाट आयात बढाउने योजना बनाएको छ। दुई चरणका बाढीले जलविद्युत् आयोजना र प्रसारण लाइनमा पुर्याएको क्षतिपछि आन्तरिक उत्पादन कति छिटो पुरानै अवस्थामा फर्किन्छ भन्ने प्रश्न यस वर्ष थप महत्त्वपूर्ण बनेको छ।प्राधिकरणका कार्यकारी...

