सोमबार, असार २,२०८२ 02:22:05
  • सोमबार, असार २,२०८२ 02:22:05
Global IME Bank Limited

डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Hyundai Nepal
डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डेडिकेटेड तथा ट्रंक लाइनसँग सम्बन्धित उद्योगीहरूसँगको भेटवार्तामा आज प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उद्योगको लाइन काटेर समस्या समाधान नहुने भएकाले चाडै नै यो विवादको अन्त्य गर्नतर्फ अग्रसर हुने बताए । डेडिकेटेड र ट्रंक लाइनसँग सम्बन्धित विवाद समाधानका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित छानबिन आयोग ०७२ माघअघि र ०७५ वैशाख पछिको डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुल लिन नमिल्ने र त्यसबीचको भने भुक्तानी गर्न सिफारिस गरेको थियो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डेडिकेटेड र ट्रंक लाइनको भुक्तानी नगरेको भन्द्रै प्राधिकरणले हाल ६ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट,अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक्स प्रालि, हुसाल स्टिल र जगदम्बा स्टिलको लाइन काटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.