बिहीबार, श्रावण ७,२०८३ 12:46:17
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 12:46:17
Bizshala
Global IME Bank Limited

विद्युत व्यापारमा नेपालको ऐतिहासिक छलाङ: निर्यातबाट २९ अर्ब आम्दानी, खुद बचत १८ अर्ब ७६ करोड

विद्युत व्यापारमा नेपालको ऐतिहासिक छलाङ: निर्यातबाट २९ अर्ब आम्दानी, खुद बचत १८ अर्ब ७६ करोड
New Office

काठमाण्डौ । नेपालले आर्थिक वर्ष २०८२/०८३ मा सीमापार विद्युत् व्यापारमा नयाँ इतिहास रचेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारतर बङ्गलादेशतर्फ विद्युत  निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी हो।

प्राधिकरणका अनुसार समीक्षा अवधिमा नेपालले ३ अर्ब ८७ करोड ७४ लाख९२ हजार युनिट (kWh) विद्युत् निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो। यसरी एक वर्षमै विद्युत निर्यात परिमाण ६२.८९ प्रतिशतले वृद्धि भएको हो।

भारतको इन्डियन इनर्जी एक्सचेन्ज (IEX) अन्तर्गतको डे–अहेडमार्केट (DAM), रियल टाइममार्केट (RTM), एनभीभीएन (NVVN) तथा बङ्गलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत औसतप्रति युनिट ७ रुपैयाँ ५६ पैसाका दरले विद्युत् बिक्रीगरी नेपालले यो ऐतिहासिक आम्दानी हासिल गरेको हो।

विद्युत् निर्यातमा उल्लेख्य वृद्धिभएसँगै आयातमा भने उल्लेखनीय गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो। तर आर्थिक वर्ष २०८२/०८३ मा आयात ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ।

त्यसैगरी, आयात खर्चपनि १८.२९ प्रतिशतले घटेर १० अर्ब ५५करोड ९९ लाख रुपैयाँमा झरेको प्राधिकरणले जनाएको छ।

निर्यातबाट प्राप्त २९ अर्ब ३२ करोड४७ लाख रुपैयाँ आम्दानीबाट आयातमा खर्च भएको १० अर्ब ५५ करोड९९ लाख रुपैयाँ घटाउँदा नेपालले विद्युत व्यापारबाट मात्रै १८अर्ब ७६ करोड ४८ लाखरुपैयाँ खुद व्यापार बचत हासिल गरेकोछ।

अघिल्लो आर्थिक वर्षमा यस्तो खुद बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षमायो ३१३ प्रतिशतले वृद्धि भएको हो।अर्थात्, एक वर्षमै विद्युत् व्यापारबाट हुने खुद बचत करिब चारगुणाभन्दा बढी पुगेकोछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.