मंगलवार, श्रावण १९,२०८३ 10:14:31
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:14:31
Bizshala
Global IME Bank Limited

भरतपुरमा भूमिगत विद्युत् प्रणालीमा पहिलोपटक ‘लाइन चार्ज’ शरु, सतर्कता अपनाउन आग्रह

भरतपुरमा भूमिगत विद्युत् प्रणालीमा पहिलोपटक ‘लाइन चार्ज’ शरु, सतर्कता अपनाउन आग्रह
New Office

काठमाण्डौ । भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत निर्माण सम्पन्न ११ केभी क्षमताको भूमिगत तथा ओभरहेड विद्युत् प्रसारण लाइनमा पहिलोपटक ‘लाइन चार्ज’ शुरु गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले परीक्षण तथा सञ्चालनका लागि मंगलबार बिहानदेखि विद्युत् प्रवाह सुरु गरेको हो।

आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनबाट सुरु भई आँपटारी चोक, पोखरा बसपार्क, लिला चोक, पुलचोक, न्युरोड हुँदै नारायणी नदी किनारसम्म निर्माण सम्पन्न भएका ११ केभी भूमिगत तथा ओभरहेड प्रसारण लाइनमा विद्युत् प्रवाह गरिएको हो।

उनले पहिलोपटक लाइन चार्ज गर्दा सुरक्षा जोखिम हुन सक्ने भएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। उक्त क्षेत्रमा रहेका विद्युतीय पोल, ट्रान्सफर्मर, फिडर पिल्लर बक्स तथा अन्य विद्युतीय उपकरण वा संरचनालाई नछुन र सुरक्षित दूरी कायम गर्न उनले अनुरोध गरे।

आयोजनाले भूमिगत केवल बिछ्याइएको मार्गमा पैदल यात्रा वा सवारीसाधन सञ्चालन गर्दा उच्च सतर्कता अपनाउन तथा बालबालिकालाई विद्युतीय संरचनाको नजिक जान वा खेल्न नदिन अभिभावकलाई आग्रह गरेको छ।

आयोजना प्रमुख सुवेदीले अनुमतिबिना लाइन चार्ज गरिएको क्षेत्रमा कुनै पनि प्रकारको उत्खनन, खाल्डो खन्ने वा भूमिगत तार काट्ने जस्ता गतिविधि नगर्न चेतावनी दिएका छन्। उनका अनुसार भूमिगत तार बिछ्याउने कार्य सम्पन्न भएसँगै परीक्षण तथा नियमित सञ्चालनका लागि विद्युत् प्रवाह सुरु गरिएको हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.