शनिबार, कार्तिक ७,२०८३ 03:11:29
  • शनिबार, कार्तिक ७,२०८३ 03:11:29
Global IME Bank Limited

डेडिकेटेड र ट्रंकलाइनमार्फ विद्युत उपभोग गरेका थप ३ उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता, विद्युत आपूर्ति पुनः सुचारु

Bizshala
डेडिकेटेड र ट्रंकलाइनमार्फ विद्युत उपभोग गरेका थप ३ उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता, विद्युत आपूर्ति पुनः सुचारु
New Office

काठमाण्डौ । डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापत थप ३ उद्योगले बक्यौता रकम तिरेका छन् । भलवारी स्वचालित कारखाना, एसआर फुड्स र एसआर स्टिलले बक्यौताको पहिलो किस्ता तिरेका हुन् । जसपश्चात ती उद्योगहरुमा विद्युती आपूर्ति पुनः सुचारु गरिएको छ ।  

तिर्नुपर्ने कुल रकमलाई २८ किस्तामा विभाजन गरिएकोमा उद्योगहरुले पहिलो किस्ता तिरेका हुन् । एसआर फुड्सले १ करोड ४८ लाख, भलवारी स्वचालित कारखानाको ३० लाख, एसआर स्टिल इन्डस्ट्रिजको १६ लाख रुपैयाँ तिर्न बाँकी छ । यी उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा प्राधिकरणले उपलब्ध गराएको डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका थिए ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

गत सोमबार पनि भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले पहिलो किस्ता तिरेका थिए ।  

गत कात्तिक १७ गते प्रधानमन्त्री शुसिला कार्की लगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालसहितको उच्चस्तरिय छलफलमा डेडिकेटेड फिडर र टंकलाइनको शुल्क सम्बन्धि विवादको मध्यमार्गी प्रस्ताव गरिएको थियो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

छलफलमा भएको प्रस्ताव अनुसार उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले यसअघि रकम बुझाउने गरि दिएको सुविधा २८ किस्ताको एक किस्ताबराबरको रकमलाई किस्ताको रुपमा नभइ विवादित रकम मानि धरौटिका रुपमा बुझाएपछि काटिएको विद्युतको लाइन तुरुन्त जोडिनेछ । उक्त धरौटि रकम बुझाएपछि उद्योगीहरु पुनरावलोकनमा जाने संगै अन्य कानुनी उपचार पनि खोज्न सक्नेछन् ।

सम्बन्धित उद्योगीले प्राधिकरणमा धरौटि बुझाउँदा नै सोही निवेदनमा आफ्नो असहमति समेत राखि पुनरावलोकन एवं अन्य व्यहोरा उल्लेख गरि पेश गर्न सक्नेछन । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.