मंगलवार, श्रावण १९,२०८३ 10:20:34
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:20:34
Bizshala
Global IME Bank Limited

विद्युत् महसुल नतिर्ने २७७ ग्राहक कालोसूचीमा

विद्युत् महसुल नतिर्ने २७७ ग्राहक कालोसूचीमा
New Office

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा लामो समयसम्म विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ। ती ग्राहकहरूबाट करिब रु १ करोड ४ लाख १७ हजार ३८१ बक्यौता असुली हुन बाँकी रहेको केन्द्रले जनाएको छ।

बक्यौता नतिर्ने ग्राहकहरूलाई कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउँदै कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ ।  

यसै आर्थिक वर्षमा प्राधिकरणले बक्यौता असुली अभियान अन्तर्गत १ हजार ८२६ ग्राहकको विद्युत् लाइन काटेको छ। ६ महिनासम्म महसुल नतिर्ने ग्राहकहरूको लाइन काट्ने नीति अनुसार कारबाही गरिएको जनाइएको छ।

हाल भरतपुर वितरण केन्द्रमा कुल ७४  हजार ८७६ ग्राहक रहेका छन्। ती ग्राहकहरूबाट जम्मा करिब रु ४९ करोड ४ लाख १० हजार ४३७ बक्यौता उठाउन बाँकी रहेको केन्द्रले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.