• सोमबार, भाद्र ३०,२०८२ 01:06:06
Global IME Bank Limited

निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन गर्ने प्राधिकरणको निर्णय

Hyundai Nepal
निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन गर्ने प्राधिकरणको निर्णय

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन गर्ने निर्णय गरेको छ । यस्तो निर्णय भदौ २९ गतेको कार्यकारी निर्देशकस्तरीय निर्णयबमोजिभ भएको हो ।    

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण प्राय सबै जिल्लामा निषेधाज्ञा तथा कर्फ्यू जारी गरिएको थियो । जसका कारण निर्वाध रूपमा प्राधिकरणको महशुल काउन्टरहरू खोल्न सक्ने अवस्था थिएन । सोही समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले भदौ २४ गतेदेखि असोज २ गतेसम्म (१० दिन) उपभोक्ताले पाउनु पर्ने रिबेट/पेनाल्टीको सुविधाको लागिःएम–पावर बिलिङ सिस्टममा होलिडे सेटअप गर्ने निर्णय  गरेको प्राधिकरणले जनाएको  छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस अवधिमा महशुल तिर्ने उपभोक्ताहरूलाई कुनै जरिवाना लाग्ने छैन । उक्त अवधिमा काउण्टरबाट महशुल भुक्तानी गर्ने उपभोक्ताले बुझाएको रकममा समेत समायोजन गरिने प्राधिकरणले जनाएको छ । 

देशभरका सम्बन्धित कार्यालय तथा शाखाहरुलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन समेत प्राधिकरणले दिएको छ ।  

 

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.