बुधबार, भाद्र २५,२०८२ 12:08:06
  • बुधबार, भाद्र २५,२०८२ 12:08:06
Global IME Bank Limited

बक्यौता भुक्तानी असुलीमा निर्मम बन्दै प्राधिकरण, जगदम्बा स्टिलको पनि लाइन काट्यो

Hyundai Nepal
बक्यौता भुक्तानी असुलीमा निर्मम बन्दै प्राधिकरण, जगदम्बा स्टिलको पनि लाइन काट्यो

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकणले जगदम्बा स्टिलको विद्युत लाइन काटेको छ । प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको विद्युत् महसुल बक्यौता नबुझाएको भन्दै जगदम्बा स्टिलको लाइन काटेको हो ।  

डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापत जगदम्बा स्टिलले प्राधिकरणलाई १ अर्ब ६० करोड रुपैयाँ बक्यौता रकम बुझाउन बाँकी रहेको छ । बिहिबार मात्रै प्राधिकरणले जगदम्बा सिन्थेटिक्स प्रालि र हुसाल स्टिलको लाइन काटेको थियो । जगदम्बा सिन्थेटिक्सले १६ करोड रुपैयाँ बढी र हुलास स्टिलले ११ करोड २९ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत मंगलबार पनि प्राधिकरणले बक्यौता भुक्ताानी नगरेको भन्दै रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । यससँगै प्राधिकरणबाट लाइन काटिने उद्योगको संख्या ६ पुगेको छ ।  

बक्यौता भुक्तानी गर्न आनाकानी गर्ने अन्य उद्योगको पनि लाइन काट्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले गत असार १२ गते बक्यौता तिर्न बाँकी ६१ वटा उद्योगीहरूलाई पत्र काट्दै १५ दिनभित्र बक्यौता तिर्न ताकेता गरेको थियो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.