बुधबार, असार १०,२०८३ 11:16:58
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:16:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बक्यौता भुक्तानी असुलीमा निर्मम बन्दै प्राधिकरण, जगदम्बा स्टिलको पनि लाइन काट्यो

Laxmi Sunrise Bank Limited
बक्यौता भुक्तानी असुलीमा निर्मम बन्दै प्राधिकरण, जगदम्बा स्टिलको पनि लाइन काट्यो

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकणले जगदम्बा स्टिलको विद्युत लाइन काटेको छ । प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको विद्युत् महसुल बक्यौता नबुझाएको भन्दै जगदम्बा स्टिलको लाइन काटेको हो ।  

डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापत जगदम्बा स्टिलले प्राधिकरणलाई १ अर्ब ६० करोड रुपैयाँ बक्यौता रकम बुझाउन बाँकी रहेको छ । बिहिबार मात्रै प्राधिकरणले जगदम्बा सिन्थेटिक्स प्रालि र हुसाल स्टिलको लाइन काटेको थियो । जगदम्बा सिन्थेटिक्सले १६ करोड रुपैयाँ बढी र हुलास स्टिलले ११ करोड २९ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ ।

New Office
CG Motors
Garima Development Bank

गत मंगलबार पनि प्राधिकरणले बक्यौता भुक्ताानी नगरेको भन्दै रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । यससँगै प्राधिकरणबाट लाइन काटिने उद्योगको संख्या ६ पुगेको छ ।  

बक्यौता भुक्तानी गर्न आनाकानी गर्ने अन्य उद्योगको पनि लाइन काट्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले गत असार १२ गते बक्यौता तिर्न बाँकी ६१ वटा उद्योगीहरूलाई पत्र काट्दै १५ दिनभित्र बक्यौता तिर्न ताकेता गरेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.