काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बोण्डजारी गर्ने भएको छ । मन्त्रीपरिषद् बैठकले स्वीकृति प्रदान गरेसँगै प्राधिकरणलाई उर्जा बोण्ड जारी गर्ने बाटो खुलेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रीपरिषदले शर्तहरू पालना गर्नेगरि नेपाल विद्युत् प्राधिकरणको स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड चरणबद्धरुपमा निष्काशन गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताए ।
प्राधिकरण उर्जा बोण्ड जारी गर्नका लागि यसअघि अर्थ मन्त्रालयबाट स्वीकृत पाइसकेको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                