बुधबार, असार १०,२०८३ 11:17:01
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:17:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डेडिकेटेड र ट्रंकलाइनः ८ अर्ब २६ करोड असुल गर्ने प्राधिकरणको तयारी, २८ किस्ताको सुविधा

Laxmi Sunrise Bank Limited
डेडिकेटेड र ट्रंकलाइनः ८ अर्ब २६ करोड असुल गर्ने प्राधिकरणको तयारी, २८ किस्ताको सुविधा

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गर्ने उद्योगलाई बाँकी रहेको रकम तिर्न २१ दिनको समय सीमा तोकेको छ।

आइतबार जारी सूचनामार्फत प्राधिकरणले उद्योगहरुलाई आगामी कात्तिक १७ भित्र बक्यौता बुझाउन आग्रह गर्दै तोकिएको समयसीमा उल्लंघन भएमा कारबाही गर्ने चेतावनी दिएको हो।

New Office
CG Motors
Garima Development Bank

गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले ऊर्जामन्त्री कुलमान घिसिङको पहलमा बक्यौता उठाउने निर्णय गरेको थियो। यसअनुसार, लोडसेडिङको समयमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत निरन्तर बिजुली उपभोग गरे पनि दशकौँदेखि शुल्क नतिरेका उद्योगीलाई भुक्तानी गर्न बाध्य पार्ने तयारी गरिएको छ।

यसअघि घिसिङ कार्यकारी निर्देशक हुँदा ४९ उद्योगीमाथि ८ अर्ब २६ करोड बराबरको बक्यौता असुल गर्ने प्रयास गरेका थिए। तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काको दबाबका कारण उनलाई पदबाट हटाइएकाे थियो। हाल नागरिक सरकार गठनपछि ऊर्जामन्त्री बनेका घिसिङले पुरानै एजेन्डा अघि बढाएका हुन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राधिकरणका तथ्याङ्कअनुसार ४९ उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल अझै बुझाएका छैनन्। ती उद्योगलाई रकम तिर्ने सुविधा स्वरूप २८ किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.