बुधबार, असार १०,२०८३ 11:19:55
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:19:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रतिकूल मौसमका कारण विद्युत अवरुद्ध भएको हो, लोडसेडिङ भएको छैन: विद्युत प्राधिकरण

Laxmi Sunrise Bank Limited
प्रतिकूल मौसमका कारण विद्युत अवरुद्ध भएको हो, लोडसेडिङ भएको छैन: विद्युत प्राधिकरण

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले देशमा लोडसेडिङ्ग नभएको जनाएको छ । प्राधिकरणले एक प्रेस विज्ञप्ती जारी गर्दै लोडसेडिङ्ग भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरु सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण भईरहेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।  

New Office
CG Motors
Garima Development Bank

‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि–मन्सुनका कारण सिर्जना भएको प्रतिकूल मौसमले छोटो समय विद्युत सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ्ग भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरु सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ’, विज्ञप्तीमा भनिएको छ,‘प्रतिकूल मौसमका कारण अवरुद्ध भएको विद्युत सेवा पुनः सुचारु गर्न देशभरका वितरण केन्द्रबाट दिन रात निरन्तर काम भई अधिकांश स्थानमा यथाशिघ्र विद्युत आपूर्ति सुचारु गरिएको व्यहोरा जानकारी गराउँदछौं । यति हुँदाहुँदै पनि विद्युत सेवा अवरुद्ध हुन गई ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अवरुद्ध भएको विद्युत यथासम्भव छिटो सुचारु गर्न प्राधिकरणको तर्फबाट भएको प्रयासमा सहकार्य गरिदिन प्राधिकरणले आग्रह गरेको छ । यस्तो अवस्थामा विद्युतीय संरचनाहरुमा क्षति पुग्न गई (पोल ढल्ने, तार लत्रिने आदि० जनधनको समेत क्षति हुन सक्ने अवस्थाबाट सुरक्षित रहन र विद्युतीय संरचनामा क्षति पुगेको पाइएमा नेपाल विद्युत प्राधिकरणका सम्बन्धित कार्यालय वा प्राधिकरणको हट लाइन नम्वर ११५० मा यथाशिघ्र जानकारी गराउनुहुन समेत आग्रह गरिएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.