काठमाण्डौ । उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेका छन् । यसअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले घिसिङलाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
मन्त्री खड्काले गत पुष २२ गते ९ बुँदे स्पष्टीकरण सोधका थिए । स्रोतका अनुसार घिसिङले पुष २८ मा बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि मन्त्री खड्काले पुनः स्पष्टीकरण मागेको हो ।
सोमबारको मन्त्रिपरिषदको बैठकले घिसिङलाई हटाउने तयारी गरेपनि उक्त बैठकले उनलाई हटाएको भने थिएन । स्रोतका अनुसार २४ घण्टे स्पष्टीकरण पत्रमा विदा, आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणलगायतका विषय सोधिएको छ ।