शुक्रबार, जेष्ठ १,२०८३ 03:55:17
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:55:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मन्त्रिपरिषद्को निर्णयअनुसार विद्युत बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन

Laxmi Sunrise Bank Limited
मन्त्रिपरिषद्को निर्णयअनुसार विद्युत बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन
Shivam Cement

काठमाण्डौ । विद्युत नियमन आयोगले मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नै बक्यौता असुली गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले डेडिकेटेड एवं ट्रंक लाइन विवादमा मन्त्रिपरिषदको निर्णयबमोजिम नै बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिएको हो ।  

मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार २५ कात्तिकसम्ममा टीओडी मिटरसमेतका आधारमा पुनः गणना गरी १५ दिनभित्र बक्यौता उठाउन र उद्योगहरुमा काटिएको लाइन जोडिदिने निर्णय भएको थियो ।  

Bizshala
New Office
CG Motors

नियमन आयोगका अनुसार लाल आयोगको सिफारिस तथा मन्त्रिपरिषदको निर्णयका आधारमा डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बिलहरु छानबिन गर्न उर्जा मन्त्रालयले प्राविधिक गठन गरेको हुनाले बक्यौता उठाउने कुरामा कुनै सम्झौता नगरी अन्य सबै प्रक्रिया यथास्थितिमा राख्ने निर्णय भएको छ ।  

त्यस्तै, आयोगले गठित प्राविधिक समितिको अध्ययनबाट यो विवाद रहेको उद्योगहरुले बढी पैसा तिरेको पाइएपछाडिको बिलमा समेत त्यो समायोजन गर्न समेत प्राधिकरणलाई निर्देशन दिएको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

मन्त्रालयले गठन गरेको प्राविधिक समितिले लाल आयोगको सिफारिस तथा टीओडी मिटरको तथ्याङ्क समेतका आधारमा महसुल गणनाको प्रारम्भ गरिसकेको हुँदा त्यसको अध्ययन प्रतिवेदन नआएसम्म अन्य प्रक्रियाहरु यथास्थितिमा राख्ने निर्णय भएको आयोगले जनाएको छ ।  

मन्त्रीपरिषद् बैठकले टीओडी मिटरसमेतका आधारमा पुनः गणना गरी १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरे पनि प्राधिकरणले फेरि पनि पुरानै बिल पठाएको थियो । टीओडी मिटरकै आधारमा पहिले बिल काटिएकोले त्यसलाई नसच्याउने कुरा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका थिए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.