काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगहरुबाट विद्युत बक्यौता उठाउन नयाँ जुक्ति निकालेका छन् । घिसिङले महशुल तिर्न बाँकी रहेका उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार गरेका छन् ।
प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठक र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले बक्यौता उठाउने नयाँ रणनीति अपनाएका हुन् ।
उनले महसुल तिर्न बाकी रहेको ३४ वटा उद्योगको बैंक खाता रोक्का रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।
गत कात्तिक २५ को मन्त्रिपरिषद्ले टीओडी मिटरसमेतको आधारमा गणना गरेर १५ दिनभित्र बक्यौता असुल गर्ने निर्णय गरेको थियो । लगत्तै कात्तिक २७ मा प्राधिकरण सञ्चालक समितिले मंसिर १२ भित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो ।