सोमबार, असार २,२०८२ 02:12:47
  • सोमबार, असार २,२०८२ 02:12:47
Global IME Bank Limited

प्राधिकरणले गर्यो लाइन काटिएका ६ उद्योगमा बिजुली जोड्ने निर्णय

Hyundai Nepal
प्राधिकरणले गर्यो लाइन काटिएका ६ उद्योगमा बिजुली जोड्ने निर्णय
Nabil Bank Limited

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले  ६ वटा उद्योगमा विजुलीको लाइन जडान गर्ने निर्णय गरेको छ । प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय गरेको हो । बैठकले सर्तसहित विद्युत् लाइन जोड्ने निर्णय गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम नतिरेको भन्दै गत असार २५ गतेदेखि ६ उद्योगको बिजुली काटेको थियो । प्राधिकरणले बक्यौता भुक्ताानी नगरेको भन्दै रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट,अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सिन्थेटिक्स प्रालि र हुसाल स्टिलको लाइन काटेको थियो ।  

प्राधिकरण सञ्चालक समितिले ३ महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.