शुक्रबार, चैत्र २०,२०८२ 01:21:36
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 01:21:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्राधिकरणले काट्यो १० उद्योगको विद्युत लाइन

Bizshala
प्राधिकरणले काट्यो १० उद्योगको विद्युत लाइन
Shivam Cement

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन महसुल नतिर्ने बुटवल–भैरहवा औद्योगिक करिडोरका दश उद्योगमा विद्युत लाइन काटेको छ । प्राधिकरणले शुक्रबार साँझदेखि ती उद्योगमा विद्युत लाइन काटेको हो ।  

प्राधिकरणले भलबारी स्वचालित चामल कारखाना, घराना फुड्स्,पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट,र श्याम प्लास्टिक उद्योगको लाइन काटेको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको बक्यौता उठाउने विषयमा सरकार, प्राधिकरण र उद्योगबिच पटकपटक विवाद हुँदै आइरहेको छ। उद्योगीहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुल अन्तर्गत पर्ने करिब साढे ५ अर्ब रकम बक्यौता तिर्न बाँकी छ।

प्राधिकरणले पछिल्लोपटक गत असोज १२ गते उद्योगहरुलाई २१ दिनभित्र बक्यौता रकम तिर्न सार्वजनिक सूचना जारी गरेको थियो । तर उद्योगीहरुले महशुल नतिर्ने अडान लिएका थिए ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

4 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.