आईतवार, आश्विन ६,२०८१ 01:31:20
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 01:31:20
IME remit
Global IME Bank Limited

सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत निर्यात गर्न सक्ने प्रसारण लाइन विस्तार गरिने

Hyundai Nepal
सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत निर्यात गर्न सक्ने प्रसारण लाइन विस्तार गरिने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्नेगरी प्रसारण लाइन सञ्जालको विस्तार गर्ने योजना  बनाएको छ ।  

आज आफ्नो दोस्रो कार्यकालको ३ वर्ष पुरा गरेको अवसरमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन् । छिमेकी देश चीनसँगको विद्युत व्यापारका लागि पनि चिलिमे–केरुब प्रसारण लाइन अगाडि बढाइएको समेत घिसिङले बताए ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

‘८ वर्षअघिसम्म विद्युत वितरणतर्फका वितरण सबस्टेसनहरु ८० वटा रहेकामा अहिले बढेर १ सय ९७ वटा पुगेको छ । सबस्टेसन क्षमता ६४० एमभिए मात्र रहेकोमा अहिले २ हजार ५ सय एमभिए पुगेको

छ । यसैगरी वितरण लाइनतर्फ आठ वर्षअघि १ लाख २१ हजार सर्किट किलोमिटर रहेकामा अहिले बढेर २ लाख ८ हजार सर्किट किलोमिटर पुगेको छ,’ उनले भने ।  

सडक लगायत विभिन्न निकायहरुको सहमति र समन्वयमा समस्या हुँदा काठमाडौ उपत्यका, पोखरा र भरतपुर महानगरपालिकाका मुख्य सडकहरुमा भूमिगत तार विछ्याउने कार्यमा केही ढिलाई भए तापनि केही समयमा सम्पन्न गर्नेगरी काम निरन्तर अगाडि बढेको उनले जानकारी दिए ।

‘८ वर्ष अघिसम्म प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो । चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत आर्थिक वर्षमा प्रणलीको

चुहावट करिव १२ दशमलव ७३ प्रतिशतमा झारिएको छ । चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणले यस अवधिमा प्रतिवर्ष करिव १२ अर्व रुपैयाँ थप आम्दानी गरेको छ,’ उनले पत्रकार सम्मेलनमा भने ।  

प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत आयोजनाहरु गरी कुल जडित क्षमता ३ हजार १ सय ५७ मेगावाट पुगेको र विगत आठ वर्षमा मात्र २ हजार ३ सय मेगावाट र विगत ३ वर्षमा

१७०६ मेगावाट थप भएको उनले जानकारी दिए । जडित क्षमतामा सबैभन्दा बढी करिब ९५ प्रतिशत अर्थात २ हजार ९ सय ९१ मेगावाट योगदान जलविद्युतकै छ । थर्मल उर्जा ५३ मेगावाट, सौर्य ऊर्जा १ सय ७ मेगावाट र वायोमास उर्जा ६ मेगावाट छ ।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.