सोमबार, असार २,२०८२ 02:24:18
  • सोमबार, असार २,२०८२ 02:24:18
Global IME Bank Limited

बक्यौता भुक्तानी नगर्ने थप दुई उद्योगको लाइन काटियो

Hyundai Nepal
बक्यौता भुक्तानी नगर्ने थप दुई उद्योगको लाइन काटियो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकणले थप २ उद्योगको विद्युत लाइन काटेको छ । प्राधिकरणले बिहिबार डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको विद्युत् महसुल बक्यौता नबुझाएका थप २ उद्योगको लाइन काटेको हो ।  

प्राधिकरणले जगदम्बा सिन्थेटिक्स प्रालि र हुसाल स्टिलको लाइन काटेको हो । जगदम्बा सिन्थेटिक्सले १६ करोड रुपैयाँ बढी र हुलास स्टिलले ११ करोड २९ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ ।

गत मंगलबार पनि प्राधिकरणले बक्यौता भुक्ताानी नगरेको भन्दै रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । यससँगै प्राधिकरणबाट लाइन काटिने उद्योगको संख्या ५ पुगेको छ ।  

घोराही सिमेन्टले प्राधिकरणलाई ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्स ६० करोड २९ लाख रुपैयाँ रअर्घाखाँची सिमेन्टले ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बक्यौता भुक्तानी गर्न आनाकानी गर्ने अन्य उद्योगको पनि लाइन काट्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले गत असार १२ गते बक्यौता तिर्न बाँकी ६१ वटा उद्योगीहरूलाई पत्र काट्दै १५ दिनभित्र बक्यौता तिर्न ताकेता गरेको थियो ।  

प्राधिकरणले २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न निर्देशन दिएको छ । प्राधिकरणलाई उद्योगीहरुले  तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ रहेको छ । तर भुक्तानी गर्ने  ६० दिन कटिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न प्राधिकरणले निर्देशन दिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.