शुक्रबार, जेष्ठ १,२०८३ 03:54:53
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:54:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालबाट आजदेखि बंगलादेशमा विद्युत निर्यात सुरु

Laxmi Sunrise Bank Limited
नेपालबाट आजदेखि बंगलादेशमा विद्युत निर्यात सुरु
Shivam Cement

काठमाण्डौ । नेपालले आजदेखि बंगलादेशलाई विद्युत निर्यात गर्न सुरु गरेको छ । गत असोज १७ गते भएको त्रिपक्षीय सम्झौताबमोजिम नेपालले ४० मेगावाट बिजुली निर्यात गर्न सुरु गरेको हो ।  

आज परराष्ट्र मन्त्रालयमा भएको संयुक्त भर्चुअल माध्यमबाट ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले बंगलादेशमा विद्युत निर्यातको औपचारिक थाली गरेका हुन्।

Bizshala
New Office
CG Motors

शुक्रबार करिब ११ घण्टामात्रै बिजुली बिक्री गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार शुक्रबार राति १२ बजेसम्म बिद्युत बिक्री गर्दा ३८ लाख ३२ हजार रुपैयाँ आम्दानी हुनेछ । बंगलादेशलाई विद्युत निर्यात गर्दा प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ ।  

५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्ने प्राधिकरणले जनाएको छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणको अनुमान छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

प्राधिकरणले २५ मेगावाटको त्रिशुली र सहायककम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बिक्री गर्ने जनाएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.