सोमबार, श्रावण १८,२०८३ 03:16:17
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:16:17
Bizshala
Global IME Bank Limited

विद्युत प्राधिकरणको पुनर्संरचनाका लागि कार्यदल गठन

विद्युत प्राधिकरणको पुनर्संरचनाका लागि कार्यदल गठन
New Office

काठमाण्डौ । सरकारले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना (अनबन्डलिङ) प्रक्रिया अघि बढाउन कार्यदल गठन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा गरिएको घोषणाअनुसार प्राधिकरणको पुनर्संरचनासम्बन्धी मार्गचित्र तयार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिव सन्दिप देवको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, जल तथा ऊर्जा आयोगको सचिवालय तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरू सदस्य रहेका छन् । कार्यदलले पुनर्संरचनाको उपयुक्त मोडालिटी, आवश्यक कानुनी तथा नीतिगत व्यवस्था, संरचनागत सुधार र कार्यान्वयन प्रक्रियाबारे अध्ययन गरी सरकारलाई सुझाव दिनेछ । 

कार्यदलको विस्तृत कार्यादेश (टिओआर) भने अझै तय हुन बाँकी छ । कार्यादेश स्वीकृत भएपछि कार्यदलले अध्ययन तथा परामर्श प्रक्रिया अघि बढाउनेछ । सरकारले बजेटमार्फत नेपाल विद्युत प्राधिकरणलाई उत्पादन, प्रसारण, वितरण तथा विद्युत व्यापारका लागि छुट्टाछुट्टै कम्पनीमार्फत सञ्चालन गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

कार्यदलको सिफारिसका आधारमा पुनर्संरचनासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइने सरकारको तयारी छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.