मंगलवार, श्रावण १९,२०८३ 10:20:01
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:20:01
Bizshala
Global IME Bank Limited

नेपालले भारतलाई थप २५१ मेगावाट बिजुली निर्यात गर्ने

नेपालले भारतलाई थप २५१ मेगावाट बिजुली निर्यात गर्ने
New Office

काठमाण्डौ । भारले नेपालबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारत सरकारले नेपालका १२ वटा जलविद्युत् आयोजनाबाट २५१ मेगावाट बिजुली खरिद गर्न स्वीकृती प्रदान गरेको हो ।  

नेपाल विद्युत प्राधिकरणलेले पठाएको उक्त प्रस्तावमाथि भारत सरकारले हरियो झण्डा देखाएसँगै भारततर्फ थप २५१ मेगावाट विद्युत निर्यात गर्न बाटो खुलेको हो । जसअन्तर्गत नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने भएको छ ।  

यससँगै अब नेपालका २८ वटा परियोजनाबाट कुल ९४१ मेगावाट बिजुली भारततर्फ निर्यात हुनेछ । नेपालले सन् २०२१ अक्टोबरबाट भारतमा विद्युत आपूर्ति गर्न थालेको हो । भारतले त्यसबेला नेपालबाट ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो ।  

पछिल्लो समय बिजुली बिक्रीका लागि ६९० मेगावाट मात्रै स्विकृत हुँदा पनि गत वर्ष नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो । त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच दिएको छ । प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.