सोमबार, असार २,२०८२ 02:32:51
  • सोमबार, असार २,२०८२ 02:32:51
Global IME Bank Limited

नेपालले भारतलाई थप २५१ मेगावाट बिजुली निर्यात गर्ने

Hyundai Nepal
नेपालले भारतलाई थप २५१ मेगावाट बिजुली निर्यात गर्ने
Nabil Bank Limited

काठमाण्डौ । भारले नेपालबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारत सरकारले नेपालका १२ वटा जलविद्युत् आयोजनाबाट २५१ मेगावाट बिजुली खरिद गर्न स्वीकृती प्रदान गरेको हो ।  

नेपाल विद्युत प्राधिकरणलेले पठाएको उक्त प्रस्तावमाथि भारत सरकारले हरियो झण्डा देखाएसँगै भारततर्फ थप २५१ मेगावाट विद्युत निर्यात गर्न बाटो खुलेको हो । जसअन्तर्गत नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यससँगै अब नेपालका २८ वटा परियोजनाबाट कुल ९४१ मेगावाट बिजुली भारततर्फ निर्यात हुनेछ । नेपालले सन् २०२१ अक्टोबरबाट भारतमा विद्युत आपूर्ति गर्न थालेको हो । भारतले त्यसबेला नेपालबाट ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो ।  

पछिल्लो समय बिजुली बिक्रीका लागि ६९० मेगावाट मात्रै स्विकृत हुँदा पनि गत वर्ष नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो । त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच दिएको छ । प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.