शुक्रबार, जेष्ठ १,२०८३ 03:58:11
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:58:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आईपीएलका कारण नेपालमा विद्युत आपूर्तिमा समस्या

Laxmi Sunrise Bank Limited
आईपीएलका कारण नेपालमा विद्युत आपूर्तिमा समस्या
Shivam Cement

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले भारतमा इण्डियन प्रिमियर लिग (आईपीएल)का कारण नेपालमा विद्युत आपूर्तिमा समस्या आएको बताएको छ । प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  

भारतमा आईपीएल खेल जारी रहदा माग बढेकोले इण्डियन एक्सचेञ्ज मार्केट(आईईएक्स) को दररेट पावर एक्सचेञ्ज कमिटि(पीईसी)को दररेट भन्दा बढी भएकोले बिहारसँग जोडिएका १३२ केभि लाइनबाट अधिकतम प्रयास गर्दा समेत विद्युत प्राप्त हुन नसकेको प्राधिकरणको भनाई छ ।  

Bizshala
New Office
CG Motors

आईएक्समार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म र राती ११ देखि बिहान ४ बजेसम्म विद्युत खरिद गरिदै आएकोमा ११ बजेदेखि बिहान ४ बजेसम्म तोकिएको अधिकतम मुल्यमा बोलकबोल गरि खरिद गर्न खोज्दा समेत नेपाललाई पनि प्रो रेटा आधारमा सप्लाई दिइने गरेकोले मागको तुलनामा अत्यन्तै कम मात्र विद्युत प्राप्त हुन सकेको विज्ञप्तीमा उल्लेख छ ।  

प्राधिकरणका अनुसार हाल सुख्खा मौसममा नदिनालाको बहाव कम भएकोले जलाशय र सौर्य उर्जा सहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट रहेको छ । हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो समयामा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ । नपुग विद्युत भारतबाट आयात गरि आपूर्ति गर्ने गरिएको र गर्मीयाम सुरु भएसँगै भारतमा अत्याधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न नपाएको प्राधिकरणले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यसर्थ विद्युत व्यवस्थापनमा केही कठिनाइ देखिएको र औद्योगिक क्षेत्रमा केही समय आशिंक लोड दिइने गरेको भएता पनि माग र आपुर्तिको व्यवस्थापनमा अधिकतम प्रयास गरिएको प्राधिकरणद्वारा विज्ञप्तीमा भनिएको छ । नेपालको नदीनालामा बहाव छिटै बढ्ने एवं भारतबाट पनि विद्युत आपुर्ति बढ्ने अवस्था रहेकोले हाल देखिएको समस्या छिटै समाधान हुने विश्वास प्राधिकरणको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.