शुक्रबार, जेष्ठ १,२०८३ 03:57:11
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:57:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता, वार्षिक ९.२ मिलियन डलर आम्दानी हुने

Laxmi Sunrise Bank Limited
नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता, वार्षिक ९.२ मिलियन डलर आम्दानी हुने
Shivam Cement

काठमाण्डौ । नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री सम्झौता भएको छ । नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीच आज त्रिपक्षीय सम्झौता भएको हो ।  

उक्त सम्झौता आज काठमाण्डौको होटल याक एण्ड यती होटलमा एक कार्यक्रमका बीच सम्पन्न भएको हो । उक्त सम्झौता नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा भएको थियो ।  

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङ र बीपीडीबीका अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार प्रारम्भिक चरणमा बंगलालादेशले नोपलबाट  प्रतियुनिट ६.४ सेन्टमा ४० मेगावाट बिजुली आपूर्ति गर्नेछ । आपूर्ति प्रणाली व्यवस्थापनमा भने भारतीय पक्षले आवश्यक सहयोग गर्नेछ ।  

Bizshala
New Office
CG Motors

नेपालबाट भारतीय अनुदानमा निर्माण भएको तथा नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात हुनेछ।

यी दुवै आयोजनाले भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

सम्झौताअनुसार विद्युत आयात प्रत्येक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म कायम रहनेछ । बंगलादेशमा नेपालबाट विद्युत नेपाल–भारत ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर ट्रान्समिसन लाइन र भारत–बंगलादेश–बरामपुर–भेरमारा क्रस बोर्डर ट्रान्समिसन लाइनमार्फत प्रवाह गरिने छ ।

यो सम्झौताबाट नेपालले वार्षिक ९.२ मिलियन अमेरिकी डलर बराबरको वार्षिक आम्दानी हुने जनाइएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.