सोमबार, असार २,२०८२ 02:25:09
  • सोमबार, असार २,२०८२ 02:25:09
Global IME Bank Limited

लोडसेडिङ अन्त्यपछि ३ गुणाले बढ्यो विद्युत खपत

Hyundai Nepal
लोडसेडिङ अन्त्यपछि ३ गुणाले बढ्यो विद्युत खपत
Nabil Bank Limited

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत खपत ३ गुणा बढेको जनाएको छ ।  

गत आव २०८०/०८१ मा १० अर्ब २ करोड युनिट उर्जा खपत भएको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७२/०७३ मा भने ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएको थियो । यसरी ८ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको प्राधिकरणले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आवमा सबैभन्दा बढी ग्रार्हस्थतर्फ ४ अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ ३ अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन् । यस्तै प्रतिव्यक्ति उर्जा खपत पनि ४०० युनिट पुगेको छ ।  

आव २०७२/०७३ मा ३ अर्ब ७२ करोड युनिट रहेको विद्युत खपत आव २०७३/०७४ मा २८.४७ विन्दुले बढी ४ अर्ब ७७ करोड युनिट पुगेको थियो । आव २०७४/०७५ मा विद्युत् खपत ५ अर्ब ५६ करोड, २०७५/०७६मा ६ अर्ब ३० करोड युनिट, २०७६/०७७ मा ६ अर्ब ४२ करोड, २०७७/०७८ मा ७ अर्ब २८ करोड युनिट भएको थियो ।  

यसैगरी, २०७८/०७९मा ८ अर्ब ८४ करोड, २०७९/०८०मा ९ अर्ब ३५ करोड र २०८०/८१मा १० अर्ब २ करोड युनिट विद्युत खपत भएको थियो । आव २०७९/८०को तुलनामा आव २०८०/८१ मा विद्युत खपत करिब १० प्रतिशतले बढेको हो ।  

तर, प्रणालीमा आयात गरिएको ऊर्जाको परिमाण भने घट्दै गएको छ । गत आवमा प्रणालीमा आयाति ऊर्जाको हिस्सा १४.६८ प्रतिशत रहेको छ । जुन अघिल्लो आवको तुलनामा ८.५७ प्रतिशत विन्दुले कम हो । विद्युत् निर्यात ४४ प्रतिशत विन्दुले बृद्धि भएको छ ।  

गत आवमा भारतबाट १ अर्ब ९० करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत आयात गरिएको थियो । तर यही अवधिमा १ अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी भएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँको बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको प्राधिकरणले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.