काठमाण्डौ । सोमबार प्रतिऔंस ४ हजार १०० डलर नाघेको सुन चार दिनमै ३ हजार ८०० डलरको तहमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नोभेम्बर ९ मा प्रतिऔंस ४ हजार १३७.९५ डलर रहेको सुन नोभेम्बर १३ मा ३ हजार ८७८.५६ डलरमा बन्द भयो । सोमबारदेखि शुक्रबारसम्म सुन प्रतिऔंस २५९.३९ डलरले सस्तियो । यही अवधिमा चाँदी पनि ५३.४० डलरबाट ४८.८८ डलरमा झर्यो ।
एक सातामा सुन ५.०६ प्रतिशत र चाँदी ५.४५ प्रतिशत सस्तिए
गोल्डप्राइस डट ओआरजीको दैनिक बन्द मूल्यअनुसार एक साताअघि नोभेम्बर ६ मा सुन प्रतिऔंस ४ हजार ८५.२४ डलर र चाँदी ५१.७० डलरमा थिए । त्यसपछिको शुक्रबारसम्म सुन प्रतिऔंस २०६.६८ डलर अर्थात् ५.०६ प्रतिशतले घट्यो । चाँदी प्रतिऔंस २.८२ डलर अर्थात् ५.४५ प्रतिशतले सस्तियो ।
शुक्रबारको दैनिक कारोबारमा पनि चाँदीमा बढी दबाब देखियो । अघिल्लो कारोबारको बन्द मूल्यबाट सुन ०.०९ प्रतिशतले घट्दा चाँदी २.५४ प्रतिशतले ओर्लियो । संलग्न चार्टमा न्युयोर्क समय साँझ ५ बजेर १५ मिनेटमा चाँदी ४८.७५ डलरमा देखिएको छ । साप्ताहिक तुलना गोल्डप्राइसको दैनिक बन्द मूल्यमा आधारित छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।