चाँदीको भाउ ४५ वर्षकै उच्च, प्रतिऔंस कति पुग्यो ?
काठमाण्डौ । पछिल्लो समय बहुमूल्य पहँलो धातु सुनको मूल्य निरन्तर बढिरहेको छ । तर सुन मूल्यवृद्धि हुने एक्लो धातुको रुपमा भने रहेको छैन । यो वर्ष चाँदीको मूल्य पनि ७५ प्रतिशतले बढिसकेको छ । सुरक्षित लगानीको रुपमा लगानी बढ्नु, बलियो औद्योगिक माग र आपूर्ति सीमितताका कारण चाँदीको भाउ निरन्तर उकालो लागिरहेको छ ।