काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुको दायरा फराकिलो बनाएको छ । धितोपत्र नियमावली २०८२ लागू गर्दै धितापत्र दलाल व्यवसायीहरुको कार्यक्षेत्र बिस्तार हुने भएको हो ।
धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिेरेले दिएको जानकारी अनुसार अब सबै २० करोड पूँजी भएका ब्रोकरहरुले मार्जिन कारोबारको सुबिधा दिन सक्नेछन् । यसको लागि कार्यविधि भने बनिसकेको अवस्था छैन । हालको पुरानो कार्यविधिलाई धितोपत्र बोर्डले केही परिमार्जन गर्नुपर्ने स्टक ब्रोकर एसोशियसन अफ नेपालका अध्यक्ष सागर ढकालले जानकारी दिए ।
त्यसैगरि, ६० करोड चूक्तापूँजी भएका ब्रोकरहरुले योग्य संस्थागत लगानीकर्ताको रुपमा पनि काम गर्न पाउने छन् । अर्थात यी ब्रोकरहरुले बुक बिल्डिङ विधिबाट सेयरमा आवेदन पनि दिन सक्ने छन् । यी ब्रोकरहरुले पोर्टफोलियो व्यबस्थापनको सेवा पनि दिन पाउने छन् । हाल हिमालयन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ९६) , एनआईएमबी स्टक मार्केट लिमिटेड(स्टक ब्रोकर नम्बर ७५) र सनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२) पूर्ण कार्य गर्ने ब्रोकरहरुमा पर्छन ।
त्यसैगरि, एक अर्ब ५० करोड पूँजी भएका २ वटा ब्रोकरहरुले भने प्रक्रिया पुर्याएर आईपीओमा पनि जान सक्ने धितोपत्र बोर्डस्थित स्रोतले जानकारी दियो । हाल नागरिक स्टक डिलर र नबिल स्टक डिलर २ वटा स्टक डिलर रहेका छन् ।