काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले ब्रान्च म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै काठमाण्डौ उपत्यकाका ३ जिल्ला काठमाण्डौ,ललितपुर र भक्तपुरका लागिका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।
बैंकले केहि सीमित संख्याका लागि ब्रान्च म्यानेजर माग गरेको हो । यो पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तिण गरेको हुनुपर्नेछ । तर स्नाकोत्तर गरेकालाई प्राथमिकता दिइने बैंकले उल्लेख गरेको छ ।
यसका साथै न्यूनतम ५ वर्षको बैंकिङ कार्यानुभव र शाखा व्यवस्थापनमा कम्तिमा ३ वर्षको काम गरेको अनुभव हुनुपर्नेछ । आवेदकको उमेर आवेदसन दिने अन्तिम मितिसम्म ४० वर्ष नकटेको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेकोले बैंकको आधिकारीक वेबसाइटबाट आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति असार २५ गते साझको ५ बजेसम्म रहेको छ ।