काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले अधिकृत र सहायक स्तरमा ११ जना कर्मचारी माग गरेको हो ।
संस्थाले वरिष्ठ अधिकृत, वरिष्ठ अधिकृत(आईटी) २ जना,अधिकृत ३ जना, कनिष्ठ अधिकृत ४ जना र वरिष्ठ सहायक प्रशिक्षार्थी÷वरिष्ठ सहायक पदमा २ जना कर्मचारी गरी कुल ११ जना कर्मचारी माग गरेको छ ।
अधिकृत स्तरका लागि स्नातक वा सो सरह उत्तिण गरेका हुनुपर्ने र बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव हुन्पर्ने संस्थाले जनाएको छ ।
त्यस्तै, सहायक स्तरका लागि भने प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिण गरेको साथै बैंक तथा वित्तीय संस्थामा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले आगामी माघ २७ गतेभित्र आवेदन दिनुपर्नेछ ।