काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीको एक सूचना जारी गर्दै मुख्य शाखाका लागि १ जना कर्जा अधिकृत माग गरेको छ ।
यो पदका लागि आवेदकको शैक्षिक योग्यता व्यवस्थापन तथा अर्थशास्त्रमा स्नाकोत्तर गरेको हुनुपर्नेछ ।
यसका साथै बैंकको कर्जा व्यवस्थापन क्षेत्रमा दुई वर्ष काम गरेको अनुभव पनि हुनुपर्ने कम्पनीले जनाएको छ । आवेदकको उमेर ३५ वर्ष पुरा नभएको हुनुपर्नेछ । इच्छुक तथा योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।