काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गरी डिजिटल बैंकिङ÷इन्फरमेसन टेक्नोलोजी विभाग(अफिसर तथा असिस्टेन्ट तह)र जनरल बैंकिङ विभाग(अफिसर)का लागि कर्मचारी माग गरेको हो ।
असिस्टेन्ट तहका लागि बैंक तथा वित्त क्षेत्रमा कम्तीमा १ वर्ष र अफिसर तहका लागि कम्तीमा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ । आवेदकको उमेर २१ वर्ष पुगेको र ४० वर्ष नकटेको हुनुपर्नेछ ।
इच्छुक तथा योग्य आवेदकले आगामी फागुन २२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।