ग्लोबल आइएमई बैंकको नाफा बढेर ३.२५ अर्ब पुग्यो, निक्षेप र कर्जा प्रवाह समेत वृद्धि
काठमाण्डौ । देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको नेपालका अग्रणी वाणिज्य बैंकमध्ये एक ग्लोबल आइएमई बैंकले चालुृ आवको दोस्रो त्रैमाससम्म नाफा बढाएको छ । बैंकले समीक्षा अवधिसम्म ३ अर्ब २५ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आर्जन गरेको उक्त नाफा अघिल्लो आवको तुलनामा ६.५० प्रतिशतले बढी हो ।अघिल्लो आवका दोस्रो त्रैमाससम्म बैंकले ३ अर्ब ५ करोड...

