मंगलवार, आश्विन १३,२०८३ 09:34:04
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:34:04
Bizshala
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

Bizshala
ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु
New Office

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउस(एनसीएचएल)सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गरेको छ । 

यस सुविधापश्चात् बैंकले फिजिकल मर्चेन्ट जस्तै अनलाईन मर्चेन्ट पनि अक्वायर गर्न सक्नेछ र बैंकका अनलाईन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा र मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।  

 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एनसीएचएल र ग्लोबल आइएमई बैंकले नेपालमा ई–कमर्स ट्रान्जेक्सनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो । यस पेमेन्ट गेटवले दुवै डोमेस्टिक र इन्टरनेशनल पेमेन्टहरू सपोर्ट गर्ने भएकोले मर्चेन्टहरुलाई आफ्नो ब्यवसायको दायरा विस्तार गर्न सहज हुने जनाइएको छ । 

साथै, यस पेमेन्ट गेटवले थ्रीडी सेक्योर प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित बनाउँछ र अनाधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ । अनलाइन वाई–कमर्शमा आधारित मर्चेन्टहरुले उक्त पेमेन्ट गेटवेमा आवद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रकृया र प्राविधिक व्यवस्था गरे पश्चात् उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सक्ने हुनेछन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.