आईतवार, असार २२,२०८२ 07:11:29
  • आईतवार, असार २२,२०८२ 07:11:29
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकको नाफा २३.३६% ले बढ्यो, वितरणयोग्य मुनाफा घट्दा लाभांश क्षमता भने बढ्यो

Hyundai Nepal
ग्लोबल आइएमई बैंकको नाफा २३.३६% ले बढ्यो, वितरणयोग्य मुनाफा घट्दा लाभांश क्षमता भने बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको खुद नाफा २३.३६ प्रतिशतले बढेको छ । बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा १ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा १ अर्ब २२ करोड रुपैयाँ थियो ।  

बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ११ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४.२२ प्रतिशतले कम हो । बैंकको खुद सञ्चालन आम्दानी ६.०२ प्रतिशतले बढेर ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो आवको पहिलो त्रैमाससम्म १ अर्ब १० करोड रुपैयाँ रहेको रिटेन्ड अर्निङको आकार बढेर १ अर्ब ९१ करोड रुपैयाँबराबर पुगेको छ । बैंकको रिजर्भको आकार २४ अर्ब ८९ करोड रुपैयाँबराबर छ । इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब ७ करोड रुपैयाँ छुट्टाएको बैंकको खराब कर्जा अनुपात ४.६७ प्रतिशत रहेको छ ।  

यस्तै बैंकको वितरणयोग्य मुनाफामा ४२.३४ प्रतिशतको गिरावट आएको छ । यो गिरावटसँगै बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोडमा खुम्चिएको छ । बैंकको लाभांश क्षमता भने ९.९६ प्रतिशतबाट बढेर १४.१८ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १६.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७४.२० रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.७१ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७३६.१६ र तरलता अनुपात ३४.६७ प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.