शुक्रबार, बैशाख ४,२०८३ 08:17:41
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:17:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सातै प्रदेशमा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम गर्दै ग्लोबल आइएमई बैंक

Bizshala
सातै प्रदेशमा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम गर्दै ग्लोबल आइएमई बैंक
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ।

बैंकले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत देशका सातै प्रदेशमा वित्तीय तथा डिजिटल साक्षरतासम्बन्धी विभिन्न गतिविधि आयोजना गर्ने जनाएको छ। यी कार्यक्रम बैंकका विभिन्न शाखा कार्यालयमार्फत सञ्चालन गरिनेछन्।

ग्लोबल मनि विक २०२६ को नारा “Smart Money Talks” लाई आत्मसात गर्दै बैंकले आगामी मार्च १६ देखि मार्च २२, २०२६ सम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस अवधिमा बैंकले वित्तीय साक्षरता सम्बन्धी सामग्री उत्पादन तथा प्रकाशन गरी आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पनि प्रसारण गर्ने जनाएको छ।

बैंकका अनुसार वित्तीय साक्षरता विस्तारका लागि हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। चालु आर्थिक वर्षमा मात्रै बैंकका ७० भन्दा बढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन्।

यस्ता कार्यक्रममार्फत बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगीबाट बच्ने उपाय तथा वित्तीय अनुशासनजस्ता विषयमा जानकारी प्रदान गरिँदै आएको बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंक Global Finance Best Bank Award 2024 र Euromoney Awards for Excellence 2024 का विभिन्न विधामा नेपालको उत्कृष्ट बैंकको रूपमा सम्मानित भइसकेको छ।

CG Motors
Garima Development Bank
IME remit

निजी क्षेत्रका वाणिज्य बैंकमध्ये देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो बैंकका रूपमा चिनिने ग्लोबल आइएमई बैंकका हाल ३५२ शाखा, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्र रहेका छन्।

बैंकले देशभित्र बैंकिङ सेवा प्रदान गर्नुका साथै अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.