आईतवार, आश्विन ६,२०८१ 07:09:38
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 07:09:38
IME remit
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसलको बिजेता

Hyundai Nepal
ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसलको बिजेता
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ ।  

संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

उक्त प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिला तर्फका टोलीहरु सहभागि रहेका थिए ।  

अन्तर बैंक फुटसल २०८१को प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ ग्लोबल आइएमई बैंक बिजेता हुनुका साथै पुरुष र महिला तर्फको उत्कृष्ट खेलाडी, पुरुष तर्फको सर्वाधिक गोलकर्ता र महिला तर्फको उत्कृष्ट गोलरक्षकको उपाधी समेत जितेको छ ।

उक्त प्रतियोगितामको फाइनल खेलमा पुरुष तर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकाश बैंक र महिला तर्फ ग्लोबल आइएमई बैंकले एनआईसी एशिया बैंकलाई हराएको हो । ग्लोबल आइएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेको बैंकले जनाएको छ।  

पुरुष तर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधी ग्लोबल आइएमई बैंकका शशाङ्क निरौलाले हात पारेका थिए । साथै, महिला तर्फको उत्कृष्ट खेलाडीको उपाधी ग्लोबल आइएमई बैैंकका चन्द्रिका भट्टले हात पारेकी छिन ।  

Sagarmatha Cement
Shivam Cement

साथै, आफ्नो सबै खेलहरुमा उत्कृष्ट बचाउ गरीरहेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोल रक्षक केश माया गुरुङ्गले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधी समेत हात पारेकी छिन ।  

ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली एउटै संस्करणमा बिजेता भएकाले खेलकुद प्रतियोगिताहरुमा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रुपमा हेर्ने गरिन्छ । अन्तर बैंक फुटसल २०८०मा महिला तर्फको उपाधी पनि ग्लोबल आइएमई बैंे जितेको थियो । यो वर्षको बिजेता उपाधीसंगै ग्लोबल आइएमई बैंकको महिला तर्फको बिजेता उपाधी लगातार दोस्रो पटक हो ।

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.