सोमबार, श्रावण १८,२०८३ 04:49:45
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:49:45
Bizshala
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाटबजार’को ५०औँ हप्ता पुरा

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाटबजार’को ५०औँ हप्ता पुरा
New Office

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाट बजारले ५०औँ हप्ता पुरा गरेको छ ।

बैंकले लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सन् २०२४ नोभेम्बर ६ बाट ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो ।

बैंकले शुक्रबार ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश गरेको अवसर पारेर आफ्नो हाटबजारमा विशेष मेला आयोजना गरेको हो । उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले लघु, साना तथा मझौला उद्यमीहरुले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाण्डौको कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ ।

हाटबजारको ५० औँ हप्ता प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले साना तथा मझौला उद्यमहरुले भोग्ने गरेको बजारीकरणको समस्याबाट राहत दिने प्रयास स्वरुप बैंकले सञ्चालन गरेको यस हाट बजारमा खाद्य उत्पादनकर्ता, किसान, हस्तकला उत्पादक, दिगो साना र मझौला उद्यमहरुले आफ्नो उत्पादन प्रदर्शन तथा बिक्री गर्न सहज भइरहेको बताए ।

उनले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याईरहेका लघु, साना तथा मझौला उद्यमहरुको बजारमा पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबिच प्रत्यक्ष सम्बन्ध बनाउन र कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्रदान गर्न सहयोगी भूमिका खेलेको बताए ।

साथै, उनले हाटबजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गरेको बताए ।

‘हामीले सिम्बोलिक अभियानको रुपमा सञ्चालन गरेको हाटबजार उद्यमी तथा खरिदकर्ताहरुको समर्थन र विश्वासको कारण ५०औँ हप्तासम्म सञ्चालन भएको छ र निरन्तर सञ्चालन भईरहने छ,’ उनले भने । साथै, यस हाटबजारलाई भविष्यमा अझ विस्तारित र व्यापक बनाई हजारौं हाटबजारको उत्सव मनाउन पाउने विश्वास उनले व्यक्त गरे ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई समेत बुझेर केबल कर्जा प्रवाहमा मात्र केन्द्रित नभई, उद्यमीहरुको चौतर्फी विकास र व्यावसायिक सीप विकासमा पनि विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.