बुधबार, फाल्गुन ६,२०८२ 08:10:20
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 08:10:20
Bizshala
Global IME Bank Limited

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दीगो साझेदार

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दीगो साझेदार
Shivam Cement

काठमाण्डौ । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दीगो साझेदारको रूपमा घोषणा गरेको छ। असार २० मा आयोजित सम्झौतापत्र हस्तान्तरण समारोहमा कम्पनीले बैंकलाई दीगो साझेदार घोषणा गरेको हो ।  

यो साझेदारीले नास आईटीको उद्योगबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचार मार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसनमा महत्वपूर्ण माइलस्टोनको संकेत गर्ने कम्पनीले जनाएको छ। यस साझेदारीमार्फत ग्लोबल आईएमई बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्नेछ। नास आईटी मार्फत् बैंकको डिजिटल बैंकिंग र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्नेछन्। नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्नेछन्।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

ग्लोबल आईएमई बैंक नास आईटीको नवस्थापित दीगो कोषलाई सहयोग गर्ने पहिलो दीगो साझेदार बनेको छ। नास आईटीले प्रमुख साझेदारहरूसँग साझेदारी गर्न, नवाचार र अनुसन्धानलाई प्रवर्द्धन गर्न, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन गर्न, शिक्षा र सीप विकासलाई प्रवर्द्धन गर्न, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्न दीगो कोष सुरू गरेको छ।

नास आईटीको बारेमा  

नास आईटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य सहित स्थापना भएको आईटी कम्पनीहरूको गैरनाफामूलक छाता संस्था हो। स्थापना कालदेखि नै संस्थाले नेपालको आईटी क्षेत्रलाई अगाडि बढाउन नवप्रवर्तन, शशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्वृधि र नीति पैरवीमा काम गर्दै आएको छ।

ग्लोबल आईएमई बैंकको बारेमा  

ग्लोबल आईएमई बैंक नेपालमा एक प्रमुख वित्तीय संस्था हो, जसले रणनीतिक वित्तीय पहलहरू मार्फत आर्थिक विकासलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ। उद्योगबीचको सहकार्य र प्राविधिक प्रगतिलाई समर्थन गरेर ग्लोबल आईएमई बैंकले नेपालमा एक सशक्त र गतिशील प्राविधिक पारिस्थितिको सिर्जनामा योगदान पुर्याउने लक्ष्य राखेको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.