बुधबार, माघ ९,२०८१ 05:31:18
IME remit
  • बुधबार, माघ ९,२०८१ 05:31:18
IME remit
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकले पायो ‘युरो मनि अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा अवार्ड

Hyundai Nepal
ग्लोबल आइएमई बैंकले पायो ‘युरो मनि अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा अवार्ड
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।  

बिहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरे ।

Bizshala
CG Motors
Sagarmatha Cement

 सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।  

ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँ नयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको बताइएको छ ।  

युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।  

यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोस्रोपटक 'बेष्ट बैंक नेपाल' अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२– बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो ।  

यसअघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरक-फरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म 'बैंक अफ द इयर २०१४', 'बेष्ट इन्टरनेट बैंक २०१६', 'बेष्ट बैंक अवार्ड २०२४' र 'बेष्ट इम्प्लोयर' जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.