सोमबार, बैशाख ७,२०८३ 05:38:12
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 05:38:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकले साना तथा लघु उद्यम/व्यवसायमा कर्जा विस्तारका लागि डिएआई–उदय परियोजनासँग सहकार्य गर्ने

Bizshala
ग्लोबल आइएमई बैंकले साना तथा लघु उद्यम/व्यवसायमा कर्जा विस्तारका लागि डिएआई–उदय परियोजनासँग सहकार्य गर्ने
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टि अरुण रानाले हस्ताक्षर गरे।

समझदारीपश्चात् कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरुलाई सहजरुपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरुको व्यवसाय विस्तार सँगै रोजगारी वृद्धि हुने विश्वास बैंकले लिएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस सम्झौताअनुशार, डिएआई–उदय परियोजनाले छनौट गरेका उद्यम तथा व्यवसायहरुले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजरुपमा कर्जा पाउनेछन् ।

नेपाल सरकार तथा स्विट्जरल्याण्ड सरकारको द्विपक्षिय पहलस्वरुप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरुमा डिएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ ।

डिएआई–उदय परियोजनाले कोशी प्रदेशमा नबिकरणिय उर्जा, कृषी प्रशोधन, आईटी, पर्यटन तथा उत्पादनमुलक उद्योग लगायतका व्यवसायहरुलाई कर्जाको उपलब्धता तथा व्यवसायिक उन्नतीको लागि वित्तीय श्रोतमा सहज वातावरण बनाईरहेको छ ।

CG Motors
Garima Development Bank
IME remit

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ ।

अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.