बिहीबार, चैत्र २१,२०८१ 03:28:25
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:28:25
IME remit
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकको नाफामा ४९.५१% को वृद्धि, वितरणयोग्य मुनाफा २.६४ अर्ब

Hyundai Nepal
ग्लोबल आइएमई बैंकको नाफामा ४९.५१% को वृद्धि, वितरणयोग्य मुनाफा २.६४ अर्ब
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा ४९.५१ प्रतिशतले बढेको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्ममा ३ अर्ब ५ करोड रुपैयाँबराबरको खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा २ अर्ब ४ करोड रुपैयाँ थियो ।  

बैंकले समीक्षा अवधिसम्म ८ अर्ब २९ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.०९ प्रतिशतले कम हो । बैंकको खुद सञ्चालन आम्दानी २१.६१ प्रतिशतले बढेर ८ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५० करोड ६७ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङको आकार बढेर २ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बैंकको रिजर्भको आकार २४ अर्ब ७७ करोडबाट घटेर २३ अर्ब ८७  करोड रुपैयाँमा सीमित बनेको छ । इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब २० करोड रुपैयाँ छुट्टाएको बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत रहेको छ ।  

यस्तै बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २७ करोड रुपैयाँले ऋणात्मक अवस्थामा थियो ।   बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १२.४९ रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १६.०२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६९.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.८६ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६७९.७४ र तरलता अनुपात ३३.४६ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.