मंगलवार, कार्तिक ३,२०८३ 03:31:10
  • मंगलवार, कार्तिक ३,२०८३ 03:31:10
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा वृहत प्रभातफेरि कार्यक्रम आयोजना

Bizshala
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा वृहत प्रभातफेरि कार्यक्रम आयोजना
New Office

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।  

आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्य–मुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।  

यही पुस १८ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औं वर्ष पुरा भई १९ औँ वर्षमा प्रवेश गर्दैछ ।  

काठमाण्डौमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लाकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाण्डौको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाण्डौ उपत्यका बाहिर मुख्य–मुख्य शहरहरु परिक्रमा गरेका थिए ।  

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको जनाएको छ ।  

ग्लोबल आइएमई बैंक ‘ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अर्वाड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.