काठमाण्डौ । ग्लोबल आइएमई बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ ।
बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असोज महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम यहि ब्याजदर दिएको थियो ।
कात्तिक महिनामा ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्षसम्मका लागि ५ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.५० प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ६.२५ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।
संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि ४ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ४.५० र २ वर्ष र सोभन्दा माथिका लागि ५.२५ प्रतिशत ब्याजदरको व्यवस्था गरिएको छ ।