निरन्तर ओरालो लाग्दै बैंकको ब्याजदर, पुस महिनाका लागि १३ बैंकले घटाए
काठमाण्डौ । वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ वटाले स्थिर राखेका छन् । पुस महिनामा व्यक्तिगत निक्षेपको औषत ब्याजदर ४.८३४ प्रतिशत रहेको छ । मंसिर महिनामा भने यो दर ५.०४ प्रतिशत कायम थियो । पुस महिनाका लागि कुन बैंकको ब्याजदर कति...

