काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
जसअनुसार नयाँ ब्याजदरमा कुनै परिवर्तन भएको छैन । बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । जसअन्तर्गत बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.६६६१ प्रतिशत कायम गरेको छ । व्यक्तिगततर्फको ३ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर लागि ४.२५५१ ,६ महिनाका लागि ४.५५१ प्रतिशत तोकिएको छ ।
त्यस्तै, ६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.२५५१ प्रतिशत तोकिएको छ । १ वर्षदेखि ५ वर्षसम्मका लागि ५.६६६१ प्रतिशत ब्याजदर तोकिएको छ ।
संस्थागत निक्षेपको ब्याजको दर ६ महिनादेखि ५ वर्षसम्मका लागि ४.०१०० प्रतिशत र उक्त अवधिका बिडिङ्गका लागि भने ४.५१०० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।