सोमबार, फाल्गुन ४,२०८२ 04:45:33
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:45:33
Bizshala
Global IME Bank Limited

एभरेष्ट बैंकले ल्यायो नयाँ योजना, ६.५२% मै घर र सवारी कर्जा

एभरेष्ट बैंकले ल्यायो नयाँ योजना, ६.५२% मै घर र सवारी कर्जा
Shivam Cement

काठमाण्डौ। एभरेष्ट बैंकले ‘डबल कि वान ड्रिम हाउसिङ एन्ड भेहिकल लोन’ नामक योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत बैंकले ६.५२ प्रतिशतमै घर र सवारी कर्जा उपलब्ध गराउने भएको छ ।  

बैंकले घर र सवारी खरिद गर्न चाहनेहरुको सपना साकार पार्न सस्तो र सुलभदरमा कर्जाको सुविधा उपलब्ध गराउन यो योजना ल्याएको जनाएको छ । बैंकले आधारदरमा १.२५ प्रतिशत प्रिमियर थप गरेर ६.५२ प्रतिशतमै आवास तथा सवारी कर्जा उपलब्ध गराउने छ । यतिबेला बैंकको आधारदर ५.२७ प्रतिशत रहेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैंकले यी कर्जाका लागि ०.५० प्रतिशत मात्रै प्रोसेसिङ चार्जको व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंकहरुलाई यस्तो शुल्क ०.७५ प्रतिशतसम्म लिनसक्ने छुट दिएको छ ।  

बैंकले यो योजना अन्तर्गत स्थिर ब्याजदरमा ७.४९ प्रतिशतमा ७ वर्षसम्मका लागि घरकर्जा उपलब्ध गराउने जनाएको छ। यो कर्जा पुनर्ब्याजदर मूल्यांकन गर्दै ३५ वर्षसम्मको लागि उपलब्ध गराइने छ ।

यस्तै बैंकले ५ वर्षको लागि ७.४९ प्रतिशतको स्थिर ब्याजदरमा सवारी कर्जा र ७ वर्षको लागि ८.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराइरहेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.