लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांश वितरणको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ३२औँ वार्षिक साधारण सभा डाकेको हो ।बैठकले आगामी असोज १४ गते काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजे वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ।सभामा सञ्चालक समितिका अध्यक्षको प्रतिवेदनमाथि छलफल तथा...

