काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने कर समेत) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।
यसअघि प्रकाशित समाचार:
एभरेष्ट बैंकको लाभांश घोषणा सम्भवतः यही साता, बोनस र नगद केमा जोड देला ?